३ पौष २०७७
काठमाडौं । नेपाल वातावरण पत्रकार समूहको ३५ औं साधारणसभाले कसमस विश्वकर्मा सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । आज सम्पन्न साधारणसभाबाट विश्वकर्माको अध्यक्षतामा दुई बर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
साधारणसभा कोभिड १९ महामारीका कारण भर्चुअल मिटिङ मार्फतसम्पन्न गरेका थियो ।
साधारणसभाले अध्यक्ष विश्वकर्मासहित उपाध्यक्षमा चन्द्रशेखर कार्की, महासचिवमा निमेष रेग्मी, सचिवमा प्रगती ढकाल, कोषाध्यक्षमा सविन शर्मालाई चयन गरेको छ । यसैगरी सदस्यमा महिला तर्फ सृष्टि काफ्ले र सुजाता कार्की, पुरुष तर्फ छेटु शेर्पा र रविन साय्मीलाई चयन गरेको छ भने विज्ञ सदस्यमा महिला तर्फ मधुदेवी घिमिरे र पुरुष तर्फ बटुकृष्ण उप्रेती चयन गरेको छ । यसैगरी लेखा समितिमा गोपाल तिवारीको संयोजकत्वमा सोमनाथ लामिछाने र रञ्जना पौडेल चयन गरिएको छ ।
यसैगरी समूहले यस बर्षको वातावरण पत्रकारीता पुरस्कार आयोमेलमा कार्यरत पत्रकार यम बमलाई प्रदान गरेको छ । समुहका नवनिर्वाचित अध्यक्ष विश्वकर्माले उक्त पुरस्कार प्रदान गरेका थिए । नयाँ कार्यसमितिमा विज्ञ महिला सदस्य घिमिरे र महिला सदस्य सृष्टि काफ्लेबाहेक अन्य पदाधिकारी तथा सदस्य अघिल्लो कार्य समितिमा पनि थिए ।
यसैगरी साधारणसभाले समुहका तत्कालित सदस्य मुराहरी शिवाकोटीलाई मानार्थ सदस्यता प्रदान गरेको छ ।
साधारण सभामा गत एक वर्षमा भए÷गरेका कामकारबाही बारे महासचिव निमेष रेग्मी, आयव्यय विवरण कोषाध्यक्ष सविन शर्माले तथा लेखा समितिको प्रतिवेदन लेखा समितिका संयोजक गोपाल तिवारीले प्रस्तुत गरेका थिए । ती प्रतिवेदनहरु भर्चुअल सभामा छलफलपछि पारित गरिएको थियो । यसैगरी सचिवालयले ल्याएको अन्य प्रस्तावहरु पनि पारित भएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।