५ पौष २०७७
बनेपा । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमलाई प्रतिगामी भन्दै काभ्रेमा पनि प्रदर्शन गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै नेता तथा कार्यकर्ताहरुले काभ्रेको बनेपामा प्रधानमन्त्री र राष्ट्रपतिको यो कदमको विरोध गरेका हुन् ।
विशेष गरि सत्तारुढ नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल खेमाका नेता तथा कार्यकर्ता ओलीको विरोधमा उत्रिएका छन् ।
प्रदर्शनकारीहरुले राष्ट्रपतिको कदम ‘असंवैधानिक’, ‘सर्वसत्तावादी’, ‘राष्ट्रघाती संसद विघटन तत्काल फिर्ता गर’ जस्ता प्लेकार्ड बोकेका थिए । बनेपाको चारदोेबाटोमा नेकपा कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा नेकपा काभ्रेका नेता, कार्यकर्ताहरुको सहभागीता रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















