५ पौष २०७७
दोलखा/नेकपाका कार्यकर्ताले सञ्चार तथा सुचना प्रबिधि मन्त्री एबम् सरकारका प्रबक्ता पार्वत गुरुङलाई । गृहजिल्ला पुगेको बेला आज सिंगटी बजारमा कालो झण्डा देखाएर विरोध गरेका छन् । गृहगाउँ सुरीबाट सदरमुकाम चरिकोट फर्कने क्रममा मन्त्री गुरुङलाई नेकपाका कार्यकर्ताले सिंगटी विच बजारमा कालो झन्डा देखाएका हुन् ।
उनीहरुले प्रधानमन्त्री विरुद्ध नारावाजी समेत गरेका थिए । कार्यकर्ताले कालो झन्डा देखाउँदा दोलखा प्रमुख जिल्ला अधिकारी, जिरी नगरपालिका नगरप्रमुख र मेलुङ, शैलुङ लगायतका गाउँपालिकाका प्रमुखहरु पनि मन्त्रि गुरुङसँगै फरक गाडीमा सवार थिए । सञ्चारमन्त्री गुरुङको प्रमुख आतित्थ्यतामा माथिल्लो तामाकाकोशी आयोजनाको सार्वजनिक सुनुवाईको आयोजना गरीए पनि प्रधानमन्त्रिको असंवैधानिक कदमपछि सार्वजनिक सुनुवाई कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको थियो ।
कार्यक्रम स्थगित भएपछि मन्त्रि गुरुङले चरिकोट फर्कने क्रममा कालो झन्डाको सामना गर्नुपरेको हो । सिंगटीमा भएको कालो झन्डा सहितको प्रदर्शनमा नेकपा कालिञ्चोक गाउँ संगठन कमिटीका अध्यक्ष भक्त शिवाकोटी, गौरीशंकर गाउँ संगठन समितिका अध्यक्ष टेक बहादुर बस्नेत, युवा नेता दावा शेर्पा, लगायतका नेकपा कार्यर्ताहरु तथा नेपाली कांग्रेसका नेता लोकराज पाठक सहितका कांग्रेसका नेता कार्यकर्ताको सहभागीता थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















