‘पहिचान वाग्मती र पशुपतिले होइन, तामाङले मागेको’ –लालध्वज
५ पौष २०७७
काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा पूर्व उर्जाराज्यमन्त्री सूर्यमान दोङ (लालध्वज)ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जंगबहादुरको संज्ञा दिएका छन् । तेमाल अनलाईनसँगको फोनवार्तामा पूर्व उर्जाराज्यमन्त्री लालध्वजले उक्त संज्ञा दिएका हुन् ।
‘केपी ओली एक्काईसौं शताब्दीको जंगबहादुर बने । आजको दिन कालो दिन हो । यो कदम असंवैधानिक र दक्षिणपन्थी कदम हो ।’ लालध्वजले भने, ‘निरंकुश राजतन्त्र भन्दा कुनै फरक छैन ।’
उनले यो कदमलाई अवसरको रुपमा लिनुपर्ने बताउँदै समाजवादी क्रान्ति सम्पन्न गर्न विद्रोहको तयारी गर्नुपर्ने
बताए । ‘ओलिजीको यो असंवैधानिक र निरंकुश कदमलाई हामीले अवसरमा बदल्नु पर्छ ।’ नेता लालध्वजले भने, ‘यो अवसरलाई प्रयोग गरेर समाजवादी क्रान्ति सम्पन्न गर्नुपर्छ । हामी बलिदान दिन तयार छौं ।’
नेता लालध्वजले आम पार्टी पंक्ति, पार्टीका नेता, कार्यकता र जनता जहाँ जहाँ छ त्यहींबाट विद्रोह गरी सडकबाटै संसद पुनस्र्थापना गर्नुपर्नेमा जोड दिए । ‘म आम पार्टी पांक्ति, नेता, कार्यकर्ता र जनतालाई के आव्हान गर्न चाहन्छु भने, तपाईंहरु जहाँ–जहाँ छ, त्यहींबाट यो कदमको विरुद्ध प्रतिरोध गर्नुहोस् ।’ उनले भने, ‘हाम्रो विद्रोह र प्रतिरोध गर्दै संसदलाई सडकबाटै पुनस्र्थाना गर्न अगाडि बढौं ।’
यस अघि नेता लालाध्वजले प्रधानमन्त्री ओलीको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै आएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।