८ मंसिर २०७७
काठमाडौं । प्रचण्ड समूहले कार्वाही गरेका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा केन्द्रीय कमिटीमा मनोनीत गरिएकाहरुले धमाधम पद अस्वीकार गर्न थालेका छन् । केन्द्रीय कमिटीमा मनोनीत भएका उनीहरुले पद अस्वीकार गरेको घोषणा गरेका छन् ।
यसरी अस्वीकार गर्नेहरुमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाराका सचीव एवं प्रदेश नम्बर २ कमिटी सदस्य, प्रदेश सभा सदस्य सुन्दर बिस्वकर्मा र प्रदेश नम्बर २ पार्टी कमिटि सदस्य एवं जिफन्ट प्रदेश नम्बर २ कमिटि अध्यक्ष कमलेश झा रहेका छन् । उनीहरुले ओलि समूहको केन्द्रिय कमिटी सदस्यमा नरहने प्रेस बिज्ञप्ति जारी गरेका थिए । गर्नुभएको छ । प्रदेश कमिटी सदस्य कल्याणी चौधरीले पनि सामाजिक संजाल मार्फत केन्द्रिय सदस्य अस्वीकार गरेकी छ्न ।

यसैबीच १ नं. प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले पार्टी विभाजनले जनता रोइरहेको भन्दै ओली समूहले दिएको केन्द्रीय सदस्य पदको अस्वीकार गरेकी छन् ।
यस्तै‚ प्रदेश १ का सांसद झापाका गोपाल बुढाथोकीले पनि ओली समूहको केन्द्रीय सदस्यको पद अस्वीकार गरेका छन्।
‘कमरेडहरु कम्युनिस्ट आन्दोलन फुट विभाजनको तीतो इतिहास व्यहोरेर पनि हाम्रा नेताहरुले शिक्षा लिएनन्, जनतालाई धरधरी रुवाएर, जनताले परिवारभन्दा बढी माया गरेको पार्टी फेरि विभाजित गरे,’ बुढाथोकीले फेसबुकमा लेखेका छन्, ‘हामी यो बेला दुःख व्यक्त गर्न शिवाय के गर्न पो सक्ने रहेछौं र रमिताबाहेक कमरेडहरु । यो बेला नेकपाको दुईवटा केन्द्रीय कमिटी बनाएर एउटा कमिटीमा केन्द्रीय सदस्यमा मनोनीत गरेको थाहा पाएँ, तर मलाई विभाजित पार्टीको केन्द्रीय सदस्य मन्जुर छैन, धन्यवाद ।’

उनीहरु मात्रै नभएर उदयपुरको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पनि केन्द्रीय सदस्य अस्वीकार गरेका छन् । ‘मलाई नसोधी केन्द्रीय समितिमा नाम राखेको भन्दै सामाजिक सञ्जालहरुमा देखिरहेको छु,’ उनले भने, ‘त्यसलाई मैले अस्वीकार गरेको छु ।’
प्रदेश १ मा यसअघि माधवकुमार नेपाल निकट मानिने उषाकला राई भने ओली समूहको केन्द्रीय सदस्य बनेकी छन् । उनले श्रीमान् शेरबहादुर तामाङसँगै ओली समूहको मंगलबारको बैठकमा पनि सहभागी भएको बताइएको छ ।
प्रदेश सरकारका यसअघि तत्कालीन नेकपा एमालेको संसदीय दलको निर्वाचनमा शेरधन राईलाई मतदान गरेर सामाजिक विकासमन्त्री बनेका जीवन घिमिरे भने पार्टीको प्रचण्ड–नेपाल समूहमा उभिएका छन् । उनी मंगलबार बबरमहलमा बसेको केन्द्रीय समितिको बैठकमा सहभागी भएका थिए ।

Comments

comments