१० पौष २०७७
बनेपा । वागमती प्रदेश सरकारका मुख्यन्त्री डोरमणी पौडेलको विरुद्ध पेश भएको अविश्वासको प्रस्तावमा काभ्रेबाट निर्वाचित दुई जना सांसदहरुले पनि हस्ताक्षर गरेका छन् । नेकपा प्रचण्ड र नेपाल पक्षका दुई सांसदहरुले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर गर्ने प्रदेश सांसदहरुमा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा १ नं. क्षेत्रका सांसद रत्न ढकाल र प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा क्षेत्र नं. १ का लक्ष्मण लम्साल रहेका छन् । ढकाल प्रचण्ड पक्षका हुन् भने लम्साल नेपाल पक्षका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलिले प्रतिनिधि सभा विगटनसँगै वागमती प्रदेशमा सरकार विरुद्ध अव्श्विासको प्रस्ताव पेश भएको हो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















