१० पुष २०७७
काठमाडौं। नेकपाका नेता स्वनाम साथीको निधन भएको छ। कोभिड–१९ लगायतका अन्य दीर्घरोगबाट ग्रसित नेता स्वनामको शुक्रबार साँझ निधन भएको नेकपा नेता मातृका पोखरेलले जानकारी दिए।
नेकपा (चौम) देखि नै सक्रिय राजनीतिमा रहेका साथी नेकपा मसाल, नेकपा (एकता–केन्द्र, मसाल) नेकपा (माओवादी) हुँदै नेकपामा सक्रिय थिए। नेकपाका बौद्धिक र इमान्दार छविका नेता स्वनामको केही समयअघि मुटुको शल्यक्रिया गरिएको थियो।
पछिल्लोसमय एमसीसी खारेज अभियानमा सक्रिय नेता स्वनाम वामपन्थी जनमतका अभिभावक थिए। उनको निधनले नेपालको कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति भएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।