१२ पौष २०७७
बनेपा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य तथा वागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले अब प्रधानमन्त्री केपी शर्मा ओली कमरेड होइन, प्रतिमगमकारी भएको बताएकी छन् । नेकपा काभ्रेले आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाक्यले उक्त कुरा बताएकी हुन् ।
‘केपी ओली कहिल्यै कम्युनिष्ट रहेन, गणतन्त्रवादी रहेन । आज त्यो पुनः पुष्टि गरेको छ ।’ नेता शाक्यले भने, ‘अब ओली कमरेड होइन, प्रतिवमनकारी हुन् ।’
पार्टीको अध्यक्षदेखि प्रधानमन्त्री समेत पार्टी बनाएको बताउँदै ओली आदरणीय व्यक्तित्व रहे पनि आज नेकपालाई शिर झुकाउने काम गरेको बताए । पार्टी भित्र विधि, प्रणाली समाप्त गरेर सबै हिसाबले च्यूत भएको शाक्यले आरोप लगाए ।
आन्दोलनको आँधीवेहेरीमा सामेल हुन नेता शाक्यले सबै आव्हान गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।