१५ पौष २०७७
काठमाडौं । नेपाली काँग्रेसका नेता गणेश लामाले संस्थागत र व्यक्तिगत रुपमा लिएको ऋण नतिरेपछि ३५ दिने सूचना जारी गरेको छ । समृद्धि फाइनान्स कम्पनीले लामाले लिएको व्यक्तिगत कर्जा र व्यापार कर्जा चुक्ता गर्न आइतबार ३५ दिने सुचना जारी गरेको हो ।
यसअघि पनि ५।६ पटक नै कर्जा चुक्ता गर्न आउनका लागि लामालाई सुचना नै सार्वजनिक गरी ताकेता गरिसकेको फाइनान्सले जनाएको छ ।
उनले कम्पनीबाट २०६९ सालमा समृद्धि फाइनान्स कम्पनीबाट कर्जा लिएको केही समय पछिबाटै कर्जाको सावाँ ब्याज भुक्तानी गर्न छोडेको कम्पनीका एक अधिकारीले बताए ।
‘कर्जा डिफल्ट भएको ५ वर्ष बढी भयो ।’ अधिकारीले जानकारी दिए । उनी कर्जा चुक्ता नगरी समृद्धि फाइनान्सबाटै सम्पर्क विहिन भएर बसेका कम्पनी स्रोतले जानकारी दिएको छ ।
लामाले स्मृति कन्स्ट्रक्शनको नाममा व्यापार कर्जा र व्यक्तिगत प्रयोजनका लागि कर्जा एक वर्षको अन्तरालमा २०६८ साल देखि २०६९ सालमा लिएको फाइनन्सले जनाएको छ ।
जसमा कन्स्ट्रक्शनको नाममा गएको कर्जाको १ करोड २० लाख रुपैयाँ सावाँ नै बाँकी छ भने व्यक्तिगत कर्जाको ४० लाख रुपैयाँ साँवा भुक्तानी गर्न बाँकी छ ।
कम्पनीले लामालाई कर्जा दिँदा जमानी बसेका ४ जना मध्ये उनकै परिवारका ३ जना कर्सिङ लामा, रञ्जु लामा र राकेश लामा छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।