२० पुस २०७७, सोमबार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाँदै छन्।
पत्नी सीता दाहालको उपचारका लागि उनी भारतको मुम्बइ जान लागेका हुन्। उनले हिजोको स्थायी कमिटी बैठकमा पनि आफू भारत जान लागेको जानकारी गराएका थिए। विहान ११ बजेको उडानबाट उनी भारत प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जनाएको छ।
लामो समयदेखि वंशानुगत पार्किन्सनजस्तो देखिने रोगले पीडित सीताको स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि भारत लान लागिएको हो। केही दिनअघि मेडिसिटी अस्पतालमा उपचार गरी उनी अहिले खुमलटारस्थित घरमै आराम गरिरहेकी छन्।
प्रचण्डपत्नी सीतामा यसअघि पनि पटकपटक स्वास्थ्य समस्या देखिँदै आएको छ। यसअघि पनि धेरै पटक उनलाई विदेशमा उपचारका लागि लगिएको थियो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।