२१ पौष २०७७
बनेपा । तेमालका जनतालाई उचित सेवा दिनका लागि स्वयम्भूदेखि तेमालको कुडुवालसम्म भेलि (बुधबार) देखि फेरि बस सञ्चालन हुने भएको छ । रम्बो यातायात प्रालिले तेमालका जनतालाई फेरि सुविधा दिनका लागि यो बस सञ्चालनमा ल्याउन लागेको हो ।
रम्बो यातायात प्रालिका सञ्चालक जगत तामाङ (पुष्प)का अनुसार यस अघि सञ्चालन भएपछि जनताको माग अनुसार तेमाल–३, कुडुवालसम्म बस सञ्चालन गर्न लागेको हो । यस अघि पनि पुरानो बसपार्कदेखि तेमालको मेच्छेपौवासम्म बस सञ्चालनमा ल्याएको छ ।
‘काठमाडौंको स्वयम्भूदेखि तेमाल गाउँपालिकाको कार्यालयमा सेवा लिन जाने तेमालका जनताको समस्यालाई केन्द्रमा राखेर हामीले यस अघि नारायणस्थानमा ठीक १० बजे पुग्ने गरि मेच्छेपौवा सम्म बस सञ्चालनमा ल्याएका थियौं ।’ सञ्चालक तामाङले भने, ‘जनताले माग गरेकोले फेरि हामीले स्वयम्भूदेखि कुडुवालसम्म पनि बस सञ्चालनमा ल्याउन लागेका हौं ।’
रेम्बो यातायातले जनताको समस्या र आवश्यकतालाई केन्द्रमा राखेकोले स्थानीय जनता पनि खुशी भएका छन् । काठमाडौंदेखि गाउँपालिकामा सेवा लिन जाँदा २ दिन लाग्थ्यो भने यो वस सञ्चालन गरेपछि एकैदिनमा ओहोरदोहोर समे गर्न पाएकोमा स्थानीय खुशी नै देखिन्छ ।
स्वयम्भूबाट बिहान ७ बजे छुट्ने उक्त बस बनेपामा बिहान ८ः३० बजे आइपुग्ने सञ्चाक तामाङले जानकारी दए । त्यसैगरि कुडुवालको चेप्टे ढुंगामा दिउँसो १ बजे पुग्ने छ भन १ः३० बजे चेप्टेढुंगाबाट ३ः१५ बजे तेमाल गाउँपालिका कार्यालय आइपुग्ने र त्यहाँबाट बेलुका ७ बजे पुरानो बसपार्कमा आइपुग्ने छ ।
सञ्चालनक तामाङले कुनै समस्या परेमा जगत तामाङ (पुष्प)लाई ९८५१२०१४३७, चेत मोक्तान ९८४३२२८८१० र विश्व लामालाई ९८२३२८१२४६ सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।

यो पनि पढ्नुहोस्ः

पुरानो बसपार्कबाट तेमालमा बस सञ्चालन हुँदै, १० बजे नारायणस्थान पुग्ने

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।