२२ पौष २०७७
काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार ३० जना प्रहरी उपरीक्षक ९एसपी० र ६९ जना प्रहरी नायब उपरीक्षक ९डिएसपी०को सरुवा गरेको छ । सरुवामा १८ जिल्लाका प्रहरी प्रमुख हेरफेर भएका छन् ।
एसपीको सरुवाअनुसार झापामा सानुराम भट्टराई, पर्सामा बेलबहादुर पाण्डे, मकवानपुरमा सोमेन्द्रसिंह राठौर, काभ्रेमा भूपेन्द्र खत्री, धनुषामा प्रकाश रानाभाटलाई पठाइएको छ । सिन्धुलीमा आभूषण तिमल्सिना, कञ्चनपुरमा उमाप्रसाद चतुर्वेदी, बारामा दीपेन्द्र शाहीको सरुवा भएको छ ।
बाग्लुङमा काज सरुवा भएका लोकेन्द्र श्रेष्ठ, रौतहटका सिद्धिविक्रम शाह, धादिङका महेन्द्र श्रेष्ठको सोही जिल्लामा दरबन्दी कायम गरिएको छ ।
त्यस्तै ६९ जना डिएसपीको सरुवामा पनि विभिन्न पहाडी तथा हिमाली १० जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
रसुवामा देवेन्द्र पाण्डे, म्याग्दीमा श्यामकुमार राई, सोलुखुम्बुमा कवित कटवाल, दोलखामा भेषराज रिजाल, जाजरकोटमा मधुकुमार थापा, मनाङमा सुवास खड्का, रामेछापमा नवराज ढुंगाना, ओखलढुंगामा गोविन्द काफ्लेको सरुवा भएको छ । ध्रुवकुमार श्रेष्ठको पश्चिम रुकुम तथा पूर्वी रुकुममा गणेश श्रेष्ठको सरुवा भएको छ ।
उपत्यकाको जनसेवा वृत्तमा डिलबहादुर मल्ल तथा बालाजुमा निर्मल बुढाथोकी, सातदोबाटोमा दिनेश घिमिरे, चापागाउँमा टेकबहादुर कार्की क्षेत्री, थानकोटमा मोहन खाणलाई पठाइएको छ ।

Comments

comments