२४ पौष २०७७
बनेपा । काभ्रे जिल्ला स्थित बनेपा नगरपालिका वडा नं. १३, भैंसेपाटीमा रहेको ग्याँस उद्योगको ग्याँ ट्यांकी विस्फोट हुँदा ३ जना मजदुर घाइते भएका छन् । सो स्थानमा रहेको गौरीशंकर ग्याँस उद्योग (हिमाल) को ग्याँस भण्डारण गर्ने ९ सय ८० केजी क्षमताको ट्यांकी लिकेज भएर बिस्फोटहुँदा तीन जना कामदार घाइते भएका हुन् ।
आज (शुक्रबार) कम्पनीमा काम गरिरहेको समयमा ग्याँस लिकेज भइ विष्फोट हुँदा तीन जना कामदारहरु घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिएका छन् ।
घाइतेमध्ये गम्भिर घाइते भएका बनेपा–१३ का ५५ बर्षिया लोकबहादुर खड्काको शीर मेमोरियल अस्पताल बनेपामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बर्न अस्पताल किर्तिपुर रिफर गरिएको छ ।
बिस्फोटमा परि बनेपा–१३ भैसिपाटीका ७० बर्षिया साइला भुजेल र सोही ठेगानाका ४२ बर्षका कुमार भुजेल घाइते रहेका छन् । उनीहरुको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भैरहेको प्रहरी निरिक्षक तिमल्सिनाले जानकार दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















