२५ पौष २०७७
भक्तपुर । नेपाल कम्युष्निट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य डा. बेदुराम भुषालले ‘एमाले–एमाले एक होऔं’ भन्नेलाई मुखभरिको जवाफ दिन कार्यकर्ताहरुलाई निर्देशन दिएकाछन् । काभ्रे जिल्ला तेमाल गाउँपालिकाका उपत्यकामा रहेका कार्यकर्ताहरुलाई भक्तपुरमा आज सम्बोधन गर्दै डा. भुषालले उक्त निर्देशन दिएका हुन् ।
‘एमाले–एमाले एक होऔं भन्दै फकाउँदै हिंडेको देखें । त्यो भनेको के हो ?’ कार्यक्रमको प्रमुख अतिथि समेत रहेका भुषालले भने, ‘त्यसो भन्नेलाई मुखभरिको जवाफ दिनु, कहाँ छ एमाले ? २०७५ साल जेष्ठ ३ गते नेकपा बनेको होइन ?’
उनले एमाले र माओवादी केन्द्र अस्तित्वमा नरहेको बताउँदै हुँदै नभएको एमाले खोजेर नहुने बताए ।
जवजको कुरा गर्दै जवज मान्नेहरु एक ठाउँमा हुन र सूर्य चिन्हतिर लाग्न कार्यकर्ताहरुलाई फकाउने अराजनीतिक कार्य ओलि गरेको बताउँदै जवजकोबारेमा आफूसँग बहस गर्न आउन नेता भुषालले चुनौती दिए ।
‘जवज र सूर्य चिन्हको कुरा गर्दै कार्यकर्ताहरुलाई फकाएको थाहा पाएको छु मैले । केहो जवज, यसको विषयमा मैले पिएचडि गरेको हुँ । आउ मसँग बहस गरौं ।’ उनले भने, ‘जनताको बहुदलीय जनवाद केपी ओलीले प्रधानमन्त्रीको पदसँग साटेको होइन ? अब जवको आधारभूत कुराहरु जनताको जवजमा समेटीसकेको छ । जनताको जनवादमा विकास भइसकेको छ जवज ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।