२६ पौष २०७७
पाँचखाल । वागमती प्रदेश सभा सदस्य सांसद तथा नेकपा वागमती प्रदेश कमिटि सदस्य लक्ष्मण लम्सालले पदच्युत भएपछि पूर्व मन्त्री गोकुल बाँस्कोटाले जनतालाई भ्रम छरेको बताएका छन् । शनिबार नेकपा पाँचखाको आयोजनामा भएको एक कार्यक्रममा सांसद लम्सालले उक्त कुरा बताएका हुन् ।
सिंहदरबार वरिपरि बसेर आफ्नो पावर देखाउँदै ठूलै नेता हुँ भनेर हिंड्ने गोकुल बाँस्कोटाले केही माखो नमारेको लम्सालले बताए ।
तीन बर्षसम्म सिंहदरवारको वरिपरि रहेर आफ्नो पावर देखाउदै ठुलै नेताको संज्ञा दिदै हिडेरका नेता गोकुल बाँस्कोटाले आफ्नो क्षेत्रको बिकासको लागि माखो मार्न सकेनन् ।’ उनले भने, ‘जव पदच्युत भयो तव सामाजिक संजालमा भ्रमको खेती गर्दैछन् ।’
लम्सालले ५ सय मिटर समेत बाटो पिच गर्न नसकेको बताउँदै लम्सालले जनता अब लाटो नभएको जिकिर गरे । ‘मन्त्रीको पद सम्हालिरहँदा तीन बर्षसम्म ५ सयमिटर बाटो पिच गर्न नसक्ने नेताले सामाजिक संजालमा मैले धेरै विकास गरे भनेर झुटको खेती गर्दै गरेका छन् ।’ उनले भने, ‘कुराले चिउरा भिज्दैन, चिउरा भिजाउन दहीनै चाहिन्छ, काभ्रेली जनता त्यति लाटा छैनन्, झुटको खेती गरीरहदा पत्याएर लुरुलुरु पछिलाग्ने ।’
यसैबीच काभे्रली जनताले काभ्रेको हितको खातिर कार्यगर्न सिंहदरवार पठाएको तर ७० करोड भ्रष्टचारको कुराले काभ्रेलि जनतामा निरासा आएको बताए ।
‘केपी ओलिले ज—जसलाई मन्त्री बनाए, ति सवै मन्त्रीहरुले भ्रष्टाचार गरेको प्रष्टै छ । जनताले ५ बर्षको लागि सरकार संञ्चालन गर्ने जिम्मेवारी दिदा सरकार चलाउने हिम्मत नहुंदा ३ बर्षमै भागे ओली ।’ सांसद लम्सालले भने, ‘केपी ओलीको निर्देशनमा पुर्व मन्त्री बाँस्कोटाले पुर्व एमाले एक हौं, भनेर अगाडी बढेका छन् । त्यस्ता शब्द जनतालाई पाच्य हुदैन । पुर्व एमाले एक हौं, पुर्व एमाओवादी एक हौं भन्ने शब्दप्रती मुर्दाबाद ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।