२६ पौष २०७७
काभ्रे । संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमको विरुद्ध नेपाली काँग्रेस काभ्रेले सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ । शनिबार प्रदेश सभा क्षेत्र अन्तर्गत काभ्रेको चारै क्षेत्रमा काँग्रेसले प्रदर्शन गरेको हो ।
नेपाली काँगे्रस प्रतिनिधि भा क्षेत्र नं १ को क को मंगलटार र ख को पनौती तथा प्रतिनिधि सभा क्षेत्र नं २ को क को पाँचखाल तथा ख को बनेपाको नालामा प्रर्दशन तथा विरोध कार्यक्रम आयोजना भएको थियो ।
काभ्रेका मंगलटारमा भएको विरोध प्रर्दशनमा कालढुंगाबाट शुरु भएको ¥याली मंगलटारमा आएर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा प्रतिनिधि सभा क्षेत्रीय सभापति तिर्थ लामाले केपी ओलीको संसद विघटन असंवैधानिक कदम भएको बताए । उनले अहिलेको सरकार चुनाव गर्ने पक्षमा नरहेको बताउँदै संसद पुर्नस्थापनामा जोड दिए ।
कार्यक्रममा काँग्रेसका नेता शंखबुद्ध लामा, पूर्व संसद हर्षजित लामा, ललिता किङरिङ, केन्द्रीय खेलकुद विभागका सदस्य चन्द्र लामा, रोशी गाउँ सभापति लालकुमार पाख्रिन, तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया लामा, रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला, नेविसंघ क्षेत्रीय सभापति गणेश अधिकारी, रोशी ९ का वडा सभापति मानबहादुर तामाङ लगायतले मन्तब्य राखे ।
क्षेत्रीय सचिव गुणराज मुक्तानले संचालन गरेको कोणसभा क्षेत्रीय सभापती राम योञ्जनको सभापतित्वमा सम्पन्न भएको थियो ।
काभ्रेको पाँचखालमा भएको सभालाई काँग्रेस केन्द्रीय सदस्य आनन्द ढुंगाना, नालामा भएको सभालाई केन्द्रीय सदस्य एनपी साउद, पनौतीमा भएको सभालाई केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई तथा मंगलटारमा भएको सभालाई काभ्रे प्रतिनिधिसभा क्षेत्र न १ का सभापति तिर्थ लामाले संवोधन गरेका थिए ।
पाँचखालमा भएको कार्यक्रममा तामाघाट झिगुखोला पुलबाट शुरु भएको मोटरसाईकल सहितको विरोध र्याली जिरोकिलो पुगेर पुनः समाजकल्याण चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति मधु आचार्य, उपसभापति अच्युत पौडेल, क्षेत्रीय सभापति एवं पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, नेता कुमार लामिछाने, प्रदेशसभा उम्मेदवार सुन्दरमणी आचार्य, महासमिति सदस्य लिला नेपाल र हेम लामा, महाधिवेशन प्रतिनिधि सावित्रि लामिछाने र दिल लामा लगायतका सहभागी थिए । कार्यक्रम क्षेत्रीय सचिव आनन्द सपकोटले संचालन गरेका थिए ।
त्यस्तै बनेपाको नालामा भएको कार्यक्रमलाई केन्द्रीय सदस्य एनपी साउदले सम्बोधन गरे । कार्यक्रमका जिल्ला सभापति मधुप्रसाद आचार्य, प्रतिनिधिसभा क्षेत्र न २ का सभापति कञ्चनचन्द्र बादे, प्रदेश सभापति बिदुर घिमिरे, बनेपा नगर सह–सभापति योगराज दाहाल लगायतले मन्तव्य राखेका थिए ।
त्यस्तै पनौतीमा भएको कार्यक्रममा कन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले संवोधन गरे । केन्द्रीय सदस्य हुमागाईले ओलीले असंवैधानिक कदमले जनताले दिएको भोटको दुरुपयोग भएको बताए ।
कार्यक्रममा काँग्रेसका अग्रज नेता इन्द्रमणी अधिकारी, पूर्व सभाषद् हषजित लामा, पूर्व सह–सभापति तिर्थ पसखल, जिल्ला उपसभापति गोविन्दबहादुर थापा, सह–सचिव इश्वरी ओझा, प्रदेशसभा उम्मेदवार गणेश लामा, केन्द्रीय प्रचार विभाग सदस्य मधुकर खनाल, महिला नृतृ जयन्ती हुमागाई, पनौती नगर सभापति रामशरण भण्डारी लगायतका सहभागी रहेका थिए ।
कार्यक्रमा नेपाली काँग्रेस क्षेत्रिय सभापति रमेश हुमागाईको सभापतित्वमा सम्पन्न भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।