२९ पौष २०७७
काठमाडौं । प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको छ । सो पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका बाँस्तोलालाई ललितपुरको गिम्दीबाट पक्राउ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विप्लव समुूका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको छ भने प्रहरीले धरपकड गर्दै आएको छ ।
प्रहरी स्रोतका अनुसार नेता बास्तोलासहित प्रकाश शाही , बिबेक कुमाल र विश्वाशलाई प्रहरीले गिरफ्तार गरेको बुझिएको छ।

Comments

comments