२९ पौष २०७७
पाँचखाल । काभ्रे जिललाको पाँचखाल नगरपालिका वडा नं ३ स्थित सर्वमंगला क्याम्पसको नयाँ भवन शिलान्यास भएको छ । वागमती प्रदेश सांसद लक्ष्मण लम्सालले एक कार्यक्रमका बीच आज शिलान्यास गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै लम्सालले निरन्तर रुपमा यस क्याम्पसको भौतिक संरचना निर्माणमा नेत्तृत्व गर्ने अभियानमा भौतिक निर्माणमा आफूले नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफू पदमा भए पनि नभएपनि यो अभियानमा आफू सधैं लाग्ने र सहयोग प्रदान गर्ने प्रतिबद्धता जाहेर गरे ।
संरचनाको कुरामा मात्र नभएर शिक्षामा आकर्षण गराउनुको साथै शैक्षिक गुणस्तरमा पनि विशेष प्राथमिकता दिनुपर्नेमा सांसद लम्सालले जोड दिए । यी कुरामा केन्द्रित भएमा यहाँका विद्यार्थी पढ्नकै लागि काठमाडौं, बनेपा, धुलिखेल लगायतका शहर धनाउनु नपर्ने बताउँदै सांसद लम्सालले यदि यी कुरामा मध्यनजर गरिएन भने, यहाँ ठूला–ठूला क्याम्पस बन्नुको कुनै अर्थ नरहने र यसका लागि क्याम्पसका शिक्षक, अभिभावक, समाजसेवी सबैले उत्तिकै भूमिका खेल्नु पर्नेमा जोड दिए ।

वागमती लम्सालको पहलमा क्याम्पस भवन निर्माणका लागि प्रदेश सरकारबाट ४० लाख रुपैयाँ बिनियोजन भएको क्यापसका प्रमुख जयराम अधिकारीले बताए । यस अघि पनि क्याम्पस मर्मत तथा सम्भारका लागि सांसद लम्सालको पहलमा प्रदेश सरकारमार्फत पहिलो वर्ष २० लाख र गत वर्ष ३० लाख बजेट विनियोजन भएको प्रमुख अधिकारीले जानकारी दिए ।
क्याम्पस निर्माणमा साथ र सहयोग गरेकोमा प्रमुख अधिकारीले वागमती प्रदेश सरकार प्रति आभार व्यक्त गरे । यसको लागि विशेष पहल गर्ने सांसद लक्ष्मण लम्साललाई धन्यवाद दिए ।
क्याम्पसको लागि स्कुल बसको आवश्यक परेकाले बस उपलब्ध गराउनुको साथै भवन निर्माण पूरा गर्न सांसद लम्साल समक्ष प्रमुख अधिकारीले आग्रह गरेका थिए । १ तले ३ कोठा र शौचालय सहतिको १ तले क्याम्पस भवन निर्माण हुने भवन निर्माण संयोजक टंक प्रसाद अधिकारीले बताए ।

भवन शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर अधिकारी, कुमार लामिछाने, मणिराम गौतम, रमेश गिरी, पुरुषोत्तम आचार्य लगायतको उपस्थिती रहेको थियो ।

Comments

comments