२ माघ २०७७
काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह) को स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको साधारण सदस्यता समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको स्थायी कमिटी बैठकले केपी ओली र विष्णु पौडेललाई साधारण सदस्य समेत नरहने गरी हटाउन केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली पक्षका महासचिव विष्णु पौडेललाई समेत कारबाहीको सिफारिस गरेको छ।
बिहीबार एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने संकेत गरेका थिए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















