४ माघ २०७७
काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेसले माघ ३ गते घोषणा गरेको विरोध प्रदर्शन काभ्रेका १३ वटै पालिकामा भएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेको बिरोधमा मुलुकका ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरेको थियो ।
काभ्रेका १३ वटा स्थानीय तहमा भएको विरोध प्रदर्शनमा केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए । पनौती नगर समितिद्धारा आयोजित विरोध सभालाई नेपाली काँगे्रसका प्रभावशाली नेता रमेश लेखकले सम्बोधन गरेका थिए । सो कार्यक्रममा जिल्ला सभापति मधुप्रसाद आचार्य, उपसभापति गोविन्द बहादुर थापा, सभासद एवम् प्रतितिनिधि सभा काभ्रे क्षेत्र नं. १ का सभापति तीर्थ लामा, नेता तीर्थ पसखल, नगरसभापति रामशरण भण्डारी लगायतले मन्तव्य राखेका थिए ।
बनेपा नगरपालिकामा नेपाली काँगे्रसका केन्द्रीय शिवप्रसाद हुमागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो कार्यक्रमको सभापतित्व राम जोशीले गरेका थिए । त्यस्तै पाँचखाल नगर समितिको कार्यक्रमलाई केन्द्रीय नेता हुमागाई, पाँचखाल नगरपालिकाका मेयर एव्म प्रदेश समितिका सभापति महेश खरेल, नेता सुन्दरमणि आचार्य, नगरसभापति गणेश अधिकारी लगायतले मन्तव्य राखेका थिए ।
त्यस्तै भुम्लु गाउँपालिकामा नेपाली काँगे्रसका केन्द्रीय सदस्य बहादुरसिंह लामा, तरुण दल अध्यक्ष दावा लामा, जिल्ला सदस्य तस्विर लामा, उपाध्यक्षको प्रत्यासी शान्ता क्षेत्री (थापा) लगायतले मन्तव्य राखेका थिए ।
त्यस्तै नमोबुद्धमा नगरसभापति कुन्साङ लामाको सभापतित्वमा भएको कार्यक्रममा युवा नेता, नेपाल बिद्यार्थी संघका पुर्व सभापति नयन सिं महरको प्रमुख आतिथ्यतामा भएको थियो । सभामा सुचना तथा संचार बिभागका सदस्य मधुकर खनाल, जिल्ला सदस्य दिनेस भुर्तेल, सन्त लामा, इन्द्रबहादुर दहाल लगायतले सम्बोधन गरेका थिए ।
रोशी गाउँपालिकामा गाउँ सभापति लाल कुमार पाख्रीनको सभापतित्वमा भएको कार्यक्रमा जिल्ला सचिव दिनेश लामाको प्रमुख आतिथ्यता रहेको थियो । सभामा कमल बहादुर गौतमले स्वागत मन्तव्य राखेका उक्त कार्यक्रममा सविधानसभा सदस्य ललिता किङरिङ, महासमिति सदस्य तथा पुर्व जिल्ला सचिव शंखबुद्ध लामा, रोशी गाउँपालिकाका अध्यक्ष डीबी लामा, महासमिति सदस्य सार्किमान लामा, शंकरदास लामा, जिल्ला सदस्य चन्द्र बहादुर लामा लगायतले सम्बोधन गरेका थिए ।
तेमाल गाउँपालिकामा गाउँ सभापति दावा फेन्चु लामाको सभापतित्वमा भएको कार्यक्रममा बाग्मती प्रदेश सांसद एवं प्रमुख सचेतक राघा घलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सभामा जिल्ला सदस्य जोगलाल लामा, महाधिवेशन प्रतिनिधि गुमान लामा, तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङ, उपाध्यक्ष दुर्गा मायाँ तामाङ, तरुणदल क्षेत्रीय सभापती गोर्खा लामा लगायतले सम्बोधन गरेका थिए ।
नेपाली काँगे्रस बेथानचोक गाउँ समितिद्धारा आयोजित सभालाई पूर्व राज्यमन्त्री एवम् प्रतिनिधिसभा सभापति कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । गाउँ सभापति कृष्णबहादुर पाख्रिनको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना लगायतले मन्तव्य राखेका थिए ।
मण्डनदेउपुर नगर समितिद्धारा आयोजित बिरोध सभालाई नेपाली काँगे्रसका उपसभापति अच्यूत पौडेलको प्रमुख आतिथ्यता र रामहरि सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।
चौँरीदेउराली गाउँपालिकाकामा नेपाली काँगे्रसका सहसचिव ईश्वरी ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सभापति पूर्णबहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सदस्य बिक्रमराज गौतम, लक्ष्मी लामा लगायतको उपस्थिती रहेको थियो ।
नेपाली काँगे्रस खानीखोला गाउँ समितिको आयोजनामा भएको बिरोध सभामा काँगे्रसका नेता गणेश लामाको प्रमुख आतिथ्यतामा भएको थियो । धुलिखेल नगर समितिद्धारा आयोजित बिरोध सभामा प्रदेशसभा सभापति रमेशप्रसाद हुमागाईको प्रमुख आतिथ्यता र नगरसभापति जीतकृष्ण घिनाजूको सभापतित्वमा सम्पन्न भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















