६ माघ २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क ाअध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कि काम चलाउन सरकार भन कि कुर्सी छोड्न चेतावनी दिएका छन् । प्रेस संगठन, नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।
‘प्रतिनिधिसभा विघटन गरेपछि केप ीओलीको हैसियत के ? संविधानको धारा पल्टाउनुहोस्, उहाँ कहीं भेटीदैन, अनि उहाँ कसरी प्रधानमन्त्री ?’ अध्यक्ष नेपालले भने, ‘त्यसैले कि काम चलाउ सरकार भन, कि कुर्सी छोड ।’
अध्यक्ष नेपालले ओलीलाई प्रतिगमनको प्रतीकको संज्ञा दिए । ‘ओली प्रतिगमनको प्रतीक हो ।’ उनले भने, ‘ओरिजिन एमाले भनेको माधव नेपाल हो । तर, अब त्यता फर्किने बेला होइन । अहिले न एमाले छ न माओवादी ।’
केपी ओलीले एउटै पद ३ जना नेतालाई बाँडेर झुट्टा काम गरेकोले उनी झुटको पुलिन्दा भएको आरोप लगाए । ‘केपी ओली झुटको पुलिन्दा हो । उहाँले एकै दिन एउटा पद तीनजनालाई दिन बाँड्न सक्छन् ।’ उनले भने, ‘उहाँले प्रचण्ड र मलाई भ¥याङको रुपमा मात्रै प्रयोग गर्नुभयो ।’
उनले सबैको साझा उद्देश्य परिवर्तनको रक्षा भएको दाबी गरे । ‘हामी सबैको उद्देश्य एउटै हो । यात्रामा तपाईंहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । तपाईहरुले सकारात्मक भूमिका खेल्नुहोस् ।’ नेपालले भने, ‘अहिले साइबर सेना बनेको छ रे । तपाईंहरु त्यसविरुद्ध लाग्नुहोस् ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।