९ माघ २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य घनश्याम भुषालले प्रधानमन्त्री केपि ओलि साइबरसेनाका स्यालहरुको नेता भएको टिप्पणी गरेका छ्न । संसद विघटनविरुद्ध नेकपा बहुमत पक्षले गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्ता टिप्पणी गरेको हुन्।
इतिहासको डरलाग्दो घटना मुलुकका अहिले ओलीले घटाएका छन्। जनताको ठूलो विश्वास भएको र ओलीले त्यसो नगरेको र आफ्नो प्रशंसाको मात्रै कुरा गरेर विकास र समृद्धिको कुरा नगरी कमरेड ओलीले राष्ट्रिय राजनीतिको धुरीमा आगो लगाए उनले भने, ओलीको काम ताण्डवको नाच जस्तो भयो।
उनले ओलीले चुनावको भ्रम छरेको दाबी गरे। ‘कमरेड ओलीले सात ठाउँमा दुई तिहाइ मारेका छन्। कसैले चुनावको अपेक्षा गरेको भए पनि ओलीले गर्ने भनेको चुनाव हुनेवाला छैन’ उनले भने, ‘जनमास राखेर भन्छु तपाईंको माग पूरा हुन दिने छैनौं। आज मुलुकको सामु ७० वर्षको इतिहास कमरेड ओलीको पछाडि उभिन सक्ने छैनन्।’
साइबर सेना भनिने साइबर स्याल मात्र उनीसँग भएको भुसालले बताए। साइबर स्यालहरूको नेता भएको उनले जिकिर गरे। ‘सबैभन्दा ठूलो संसद भए पनि त्यसलाई निजी सचिवालय बनाए, अब ओली निरीह भइसके’ उनले भने।
ओलीसँग अब सेटिङवाला प्रपञ्च मात्र बाँकी भएको उनले बताए। वास्तविक दुनियाँमा स्यालहरूले रजाइँ नगर्ने र अब सेटिङले काम नगर्ने उनले बताए। आफूले जित्दै नगरेको र लोकतन्त्रले जित्ने उनले दाबी गरे। ‘कमरेड केपी ओलीलाई घुँडा टेकाएर मात्र विश्राम लिन्छौं’ उनले भने।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















