११ माघ २०७७
काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित पार्टी नेकपा (विप्लब समूह)का केन्द्रिय सदस्य अनिल शर्मा (विरही)लाई १३ औं पटक पक्राउ गरेको छ । नेता विरहीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले साधारण तारेखमा रिहा गर्न आदेश दिनु वित्तिकै अदालत परिसरबाटै पुनः पक्राउ गरेको हो ।
अदालतको आदेश अवज्ञा गर्दै प्रहरीले अदालत परिसरबाटै गिरफ्तार विरहीलाई मोरङ जिल्ला तर्फ लगेको जानकारी प्राप्त भएको छ ।
ढाडको मेरुदण्ड, सुगरलगायत आधा दर्जन रोगबाट ग्रस्त भएर चितवनको भरतपुर मेडिकल कलेजमा गम्भीर अवस्थामा उपचार गराइरहेको समयमा अदालतको आदेश अवज्ञा गर्दै केपी वली सरकारले नेता विरहीलाई गिरफ्तार गरेर १२ वटा जिल्ला घुमाइसकेको छ ।
यस अघि विभिन्न झूट्टा मुद्दा लगाउँदै हिरासतमा राखिएका विरहीलाई भेट्न राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्यसमेत रहेका मानवअधिकारकर्मी सुदीप पाठक नेतृत्वको टोली जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक हिरासत कक्षमा पुगेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















