१३ माघ २०७७
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। कांग्रेसले तीन दिनका लागि छुट्टाछुट्टै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले माघ १९ गते, २४ गते र ३० गतेका लागि आन्दोलन कार्यक्रम तय गरेको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन्।
आन्दोलनका सबै कार्यक्रम जिल्लास्तरमा हुनेछन्। ती सबै कार्यक्रमको अगुवाइ भातृ संस्था र जिल्ला कार्यसमितिले गर्नेछ । उनका अनुसार १९ गते भातृ संगठनले, २४ गते शुभेच्छुक संगठनले र ३० गते सबै जिल्ला कार्यसमितिले प्रदर्शन गर्नेछन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















