१४ माघ २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा पार्टी एकता अभियानका अध्यक्ष वामदेव गौतमले केपी ओली कहिल्यै पनि पार्टी एकताको पक्षमा नरहेको बताएका छन् । आज पार्टी एकता अभियानको घोषणा गर्दै नेता गौतमले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले अध्यक्ष प्रचण्ड पनि आफू साथमा भएको कारणले पार्टी एकताको पक्षमा रहेको बताएका छन् । ‘एकताको पक्षमा केपी ओली कहिल्यै पनि थिएन ।’ उनले भने, ‘प्रचण्ड पनि म साथमा भएकोले एकताको पक्षमा लागेको हो ।’
उनले फरक दिशामा रहेका दुवै अध्यक्षलाई एकैतिर फर्कन आफूले प्रयत्न गर्ने तर नफर्के विना फौजको सेनापति बन्ने ठोकुवा गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















