१४ माघ २०७७
धुलिखेल । काभ्रेमा कोरोना भाइरस विरुद्धको खोप २ सय ९३ जनाले लगाएका छन् । आज (बुधबार) पहिलो दिन धुलिखेल अस्पतालबाट विभिन्न फ्रन्टलाईनमा काम गरिरहेकाहरुलाई यो खोप लगाएको हो ।
कोरोना विरुद्धको खोपका लागि जिल्लाको धुलिखेल अस्पताल र मेथिनकोट अस्पताल छनौट भएको छ ।
जिल्लाका फ्रन्टलाइनमा काम गर्ने ३ हजार ५ सय ८१ जनालाई कोरोना भाइरस विरुद्धको खोप बुधबारबाट दिन सुरु गरिएको स्वास्थय कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।
झाका अनुसार सरकारी स्वास्थ्यकर्मी ७ सय ४९, प्राइभेट स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी १ हजार ३ सय ६८, महिला स्वास्थ्य स्वयमसेविका ९ सय ५५ जना, सरसफाईकर्मी ३ सय ३९ जना, एम्बुलेन्स चालक ४४ जना र शव व्यवस्थापनमा खटिएका १ सय २६ जनाले खोप पाउने छन ।
र यो पनि पढ्नुहोस्……..

काभ्रेमा भोलिबाट कोरोना विरुद्धको खोप दिंदै

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।