अशोक बुद्ध लामा
१४ माघ २०७७
भकुण्डे । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. २ भकुण्डेबेशीमा रहेका ग्रामीण पाठशाला एजुकेसन फाउन्डेसनमा अध्ययनरत विद्यार्थीहरुले मृगौला पिडितलाई आर्थिक सहयोग गरेका छन् । खाजाको लागि ल्याएको पैसा जम्मा गरेर विद्यार्थीहरुले मृगौला पिडितलाई आर्थिक सहयोग गरेका हुन् ।
विद्यार्थीहरुले नमोबुद्ध नगरपालिका वडा नं २ पात्लेगाउँका १५ वर्षीय मृगौला पीडित सुदिप तामाङलाई आर्थिक सहयोग गरेका हुन् । आफूहरुले जम्मा पारेको रु ३ हजार १ सय ६० विद्यार्थीहरुले आफ्नै हातबाट पीडितका हजुरबुबा टेक बहादुर तामाङलाई हस्तान्तरण गरेका थिए ।
आज विद्यालयमा एक कार्यक्रम गरि विद्यार्थीहरुले पीडितको शीघ्र स्वास्थ लाभको कामना समेत गरेका छन ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















