१६ माघ २०७७
काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमत पक्षका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्माले ओली प्रबृत्तिको विरुद्ध जहाँ छ त्यहींबाट झम्टिन युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् । काभ्रेमा आज बृहत युवा भेलालाई सम्बोधन गर्दै नेता शर्माले उक्त निर्देशन दिएका हुन् ।
‘ओली प्रवृत्ति इजिकल्टु के हुन्छ ? सामन्ती प्रवृत्ति हुन्छ । ओली प्रबृत्ति विरुद्ध लडेर मात्र हामीले कम्युनिष्ट पार्टीलाई जोगाउन सक्छौं ।’ उनले भने, ‘युवा विद्यार्थीहरुले जहाँ छ त्यहीं झम्टन म अनुरोध गर्दछु ।’
आफूहरुको सपनाको मृत्यु हुँदै गरेको भन्दै त्यसको रक्षाका लागि आनदोलनको आवश्यक्ता रहेको उनले बताए । ‘हाम्रो सपनाको मृत्यु हुँदैछ । हामी सपनाको मृत्युहुन दिने होइन ।’ उलने भने, ‘त्यसको रक्षा गर्ने हो । त्यसको रक्षाको निम्ति अब त्यसको आन्दोलन गर्ने हो ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















