१७ माघ २०७७
तेमाल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेको एकता टुंग्याउन नेताहरुले ढिलाढाला गरेपछि तेमाल गाउँपालिका वडा नं. ६, ठूलो पर्सेलमा भने वडा कमिटि गठन गरेको छ । पार्टी एकता भएको ३ वर्ष वितिसक्दा पनि जिल्लामै एकता टुंग्याउन नसकेको बेला सो वडामा कमिटी गठन गरेको हो ।
पार्टी भिभाजन भए पछि नेकपा अल्पमत पक्षले जिल्लामा निरन्तर कमिटी सहित गतिविधि गर्न थाले पनि बहुमत पक्ष नेकपाले भने कमिटि प्रणालीमा गतिविधि गर्न नसकेपछि कार्यकर्तामा निरासा छाइरहेको छ । यस्तै अवस्थामा वडामा भने सूर्यबहादुर तामाङको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
भेलाले उपाध्यक्षमा प्रेम तामाङ, सचिवमा पासाङ लामा, सहसचिवमा चक्र लामा, सदस्यहरुमा रत्न बाहदुर सिजाली, विष्णु बाहदुर राना, माइला राना, विष्णु प्रसाद मैनाली, यादव प्रसाद पाण्डे, अनिल कुमार राना, साईली तामाङ, अशोक लामा, छेटुप मान तामाङ, मिलन लामा, राम बाहदुर तामाङ, लक्ष्मी तामाङ, दावा लामा, बल बाहदुर रानामगर, विष्णु बाहदुर थापा, धनेन्द्र कुमार दोङ, अम्बर बाहदुर राना, सुमन लामा, कार्साङ लामा, सांगे तामाङ, ङेमा लामा, हिरा बाहदुर तामाङ रहेका छन् ।
कार्यक्रम नेकपा काभ्रेको जिल्ला कमिटी सदस्य सार्कीमान तामाङको प्रमुख आथिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेकपा काभ्रेका नेता तथा विशेष अतिथिको रुपमा प्रदिप कुमार तामाङका थिए भने अतिथिहरुमा विद्यार्थी नेता समीप त्रिपाठी, पार्टीको युवा नेता ढुवाङ दोर्जे तामाङ, संकर त्रिपाठी, नीर बाहदुर मोक्तान, ढुपसाङ तामाङ, पत्रकार मिलन लामा दोङ लगायतका रहेका थिए ।
पार्टी विभाजनमा गएपनि वडा नं. ६ का वडा कमिटी भने प्रचण्ड माधव नेपालले नेतृत्व गरेको नेकपा बहुमत पक्षमा एक ढिक्क रहेको नवनिर्वाचित वडा अध्यक्ष सूर्यबहादुर तामाङले बताए । आफूले सत्य र न्यायको पक्षमा अडान लिदै आएका बताउँदै पार्टीलाई विधि, प्रणालीमा चलाएर समाजवाद स्थापनाको लाईन प्रचण्ड–माधवसँग मात्र भएकोले आफूहरले केपी ओलीलाई साथ नदिएका प्रष्ट पारे ।
स्थानीय नेता बिरेश तामाङको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सन्जय तामाङले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।