१८ माघ २०७७
बनेपा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमत पक्षका वागमती प्रदेश कमिटी सदस्य तथा संविधान सभा सदस्य कृष्ण प्रसाद सापकाटाले केपी ओलीले ‘कु’ गरेकोले आफू आन्दोलनमा आउन बाध्य भएको बताएका छन् । शनिबार पार्टीको मण्डनदेउपुर नगर कमिटिले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सापकोटाले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले आफू जनतासँग माफी माग्न आएको समेत बताए । ‘आज म तपाईंहरुसँग माफी माग्न आएको । २०६२।६३को आन्दोलनमा अब यो प्रतिगमनको विरुद्ध लड्ने आन्तिम समय हो भनेको थिएँ । अब एक चोटी साथ दिनुहोस् भनेको थिएँ ।’ उनले भने, ‘म माफी चाहन्छु, फेरि मुलुकमा प्रतिगमन भएको छ, केपी ओलीले कु गरेको छ । त्यसैले प्रतिगमन विरुद्ध अझै लड्नु पर्ने भएको छ । त्यसैले आज म तपाईंहरुसँगै आन्दोलनमा आएको हुँ ।’
उनले के–के भने भिडियो हेर्नुहोस्ः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















