फाइल फाेटाे
१८ माघ २०७७
काभ्रे । नेकपा वागमती प्रदेश कमिटि सदस्य तथा वागमती प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्सालले गोकुल बाँस्कोटाको ७० करोड प्रकरणले काभ्रे नै डुङ–डुङ गन्हाएको बताएका छन् । नेकपा मण्डनदेउपुर नगर कमिटिलेले शनिबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै लम्सालले उक्त कुरा बताएका हुन् ।
‘हामीले माधव कुमार र प्रचण्डलाई पनि भनेका थियौं गोकुल बाँस्कोटा जस्ता भ्रष्टहरुलाई संरक्षण पार्टीले गर्नुहुन्न भनेर सुझाव दिएका थियौं ।’ उनले भने, ‘तर ओलीको एक नम्बरको मान्छे भएकोले त्यसको कुनै सुनुवाई भएन । आज नेपाली राजनीति र काभ्रे ७० करोड प्रकरणले डुङ–डुङ गन्हाएको छ ।’
गोकुल बाँस्कोटाले विकास निर्माणको सवालमा फेसबुक मार्फत भ्रम छरिरहेको बताउँदै मण्डनदेउपुरमा बाँस्कोटाले पिज गरेको सडक देखाउन चुनौती समेत दिए ।
‘अचेल मैले यो गरें, उ गरें भनेर सामाजिक सञ्जालमा लेख्दै छ बाँस्कोटा जी । उनको धुपौरेहरुलाई लेखाउँदै हिंडीरहेका छन् ।’ सांसद लम्सालले भने, ‘मण्डनदेउपुर नगरपालिका भित्र बाँस्कोटाको पहलमा ५ सय मिटर सडक पिच भएको कुनै एउटा उदाहरण मात्र दिनु म बाँस्कोटाको पछि आजैदेखि लाग्छु ।’
भिडियो हेर्नुहोस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।