२० माघ २०७७
काठमाडौं । नेकपाको ९प्रचण्ड–माधव समूह०ले पार्टीको आधिकारिताका लागि १९ बुँदे दाबीपत्र निर्वाचन आयोगलाई बुझाएको छ।
पार्टी आधिकारिताको माग गर्दै निर्वाचन आयोगमा दाबी गर्ने सोमबारको केन्द्रीय कमिटीको निर्णय अनुसार शीर्ष तहका नेता आयोग पुगेका थिए। आयोगलाई बुझाइएको दाबीपत्रमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ को आधारमा आधिकारिताको माग गरिएको छ।
पार्टी आधिकारिताको माग गर्दै निर्वाचन आयोगमा पुगेको उक्त समूहले २७५ केन्द्रीय सदस्यको हस्ताक्षर पनि बुझाएको छ। दाबीपत्रमा विगतमा गरिएका निर्णय, प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका विधान विपरीतका कार्यहरु उल्लेख गरिएको छ।
प्रचण्ड(माधव पक्षका २८४ केन्द्रीय सदस्य सहभागी बैठकले ओलीलाई अध्यक्षबाट हटाउन सक्ने दलील पेस गरेको छ। आयोगले प्रथम अध्यक्षका रूपमा ओलीलाई प्रस्तुत गरेको प्रति आपत्ति समेत उक्त पत्रमा उल्लेख छ।
निर्वाचन आयोगमा बहुमत पक्ष नेकपाले बुझाएको दाबी पत्रः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















