अशोक बुद्ध लामा
२५ माघ २०७७
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा वडा नं. ९, मंगलटार बजारमा रहेको श्री मंगल जन विजय मा. वि को ४३ औ वार्षिक जन्मोउत्सव कार्यक्रम तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आज सम्पन्न भएको हो ।
वि. सं. २०३४ सालमा स्थापना भएको यस विद्यालयमा अहिले स्नातकसम्म अध्ययपन भइरहेको छ । विद्यालयमा २४ जना शिक्षक रहेका छन् भने ५ सय जना भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् ।
पुर्व सांसद एवं नागरिक समाजका अगुवा श्याम श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै तत्कालीन पंचायतले विद्यालयलाई स्वकृती दिन नमानेको कुरा स्मरण गराउदै गाउँपन्चायतसँग विजय भएकाले मंगल जन विजय रहन भएको बताए । अब विद्यालयले जीवनउपयोगी सीप मुलक शिक्षा प्रदान गर्नुपर्नेमा श्रेष्ठले जोड दिए ।
पुर्व राज्य व्यवस्था समितिका सदस्य एवं शंखलाल गणेशमाया ट्रष्टका सदस्य शशि श्रेष्ठले श्रमजीवी बस्ने ठाउँमा विद्यालय खोल्नुपर्छ भन्ने उद्देश्य मंगल जन विजय विद्यालय संङ्घर्ष गरेर विजय भएर खुलेको भएर मंगल जन विजय जन रहन गएको स्मरण गरिन् ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बज्रध्वज लामाले छात्रवृत्ति वितरण गरेका विभिन्न दाताहरुलाई धन्यवाद व्यक्त गरे ।
प्रधानध्यपक बासु थापाले रोशी गाउँपालिकाको नमुना विद्यालयको रुपमा रहेको यो विद्यालय अभिभावक र विद्यार्थीको रोजाई हुनेमा विश्वास व्यक्त गरे ।
रोशी गाउँपालिका वडा नम्बर ९ का वडा सदस्य मेक बहादुर लामाले पहिलेको अवस्थादेखी विद्यालयको अवस्था धेरै परिवर्तन भएको बताउदै आफूहरुले निर्वाचनमा दिएको अस्वासन पूरा गर्दै गएको बताए ।
रोशी गाउँपालिका शिक्षा शाखाका प्रतिनिधि भिम भट्टराईले छात्रवृत्ति कम भएपनि महत्त्वपूणर् रहेको, विद्यालयमा कक्षाकोठाको अभाव नरहेको, शिक्षा परम्परावादी शिक्षा उचित नभएको बताए ।
समाजसेवी तथा मंगल जन विजय बहुमुखी क्याम्पसका उपाध्यक्ष खड्का बहादुर लामाले विद्यालय प्रविधिमैत्री भएको विद्यालय भौतिक सुविधा सम्पन्न भएको र विद्यालयबाट पढ्ने विद्यार्थीहरु विभिन्न तहमा पुगेको र पुग्न सफल होस् भन्ने शुभकामना व्यक्त गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















