२५ माघ २०७७
बनेपा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमत पक्षका वागमती प्रदेश कमिटि सचिवालय सदस्य विदुर सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले जवज त्यागेको आरोप लगाएका छन् । नेकपा काभ्रेको जिल्ला संघर्ष समितिको आज बसेको विस्तारीत बैठकलाई सम्बोधन गर्दै सचिवालय सदस्य सापकोटालेले उक्त आरोप लगाएका हुन् ।
ओलीले कुनै राजनीतिक तर्क गर्न नसकेको आरोप लगाउँदै सापकोटाले जवजको मुलभूत कुरालाई आज ओलीले त्यागेको बताए । ‘आज केपि सहितको गुटलले कुनै राजनीतिक तर्क गर्न सकिरहेको छैन । अनि जनताको बहुदलीय जनवाद र पूर्व एमाले एक ठाउँमा हुनुपर्छ भन्छन् ।’ उनले भने, ‘पार्टी एक भएपछि कहाँको एमाले खोज्दै छ उनले ? जवजले संवैधानिक सर्वोच्चताको कुरा गर्छ । आज ओलीको कदमले संवैधानिक सर्बोच्चता कायम गरेको छ कि छैन ? केपिले राजनीतिक अपराध गरेका छन ।’
अचेल ओलीले प्रचण्डलाई १७ हजारको हत्यारा भन्ने गरेको आफूले सुनेको बताउँदै उनले पार्टी एकता गर्दा किन यो कुरा नउठाएको भन्दै प्रश्न गरे । ‘ओलीले प्रचण्डलाई अचेल सोधिरहेका छन् कि १७ हजार वलिदान यसकै लागि हो ?’ सापकोटाले भने, ‘पार्टी एकता गर्दा यो कुरा कुरा किन उठाएन ? अहिले आएर किन उठाएको ? यस्तो राजनैतिक बेइमान नगर ।’
उनले केपी ओलीलाई नेकपाको नाम लिने अधिकार समेत नभएको बताए । ‘आन्दोलन सदाको लागि अन्त्य गर्छौं, हामीलाई दुई तिहाइ दिनुहोस् भनेर जनतासँग हामीले भोट मागेका थियौं, आज आएर जनतासँग हामीले माफी माग्नु पर्ने भो । त्यसैले केपि ओलिलाई नेकपाको नाम लिने कुनै नैतिक अधिकार छैन ।’ सापकोटाले भने, ‘प्रचण्ड र माधव नेपालको नेतृत्वमा रहेको नेकपा मात्र आधिकारिक पार्टी हो ।’
उनले कार्यकर्ताहरुलाई अलमलमा नपर्न आव्हान गर्दै केपी ओली गुटलाई साथ दिनु भनेको जनता र राष्ट्रमाथि नै गद्दार गर्नु रहेको प्रष्ट पारे ।
बैशाखमा केपिले तोकेको चुनाब कुनै हालतमा नहुने र चुनाव नभएपछि संवैधानिक रिक्तता आउने भएकोले संसद पुनर्स्थापना हुनुपर्नेमा उनले जोड दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।