२६ माघ २०७७
भुम्लु । काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले २८५७ लाङ (म्हे) सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निणर्य गरेको छ । गाउँ कार्यपालिकाको आईतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले गाउँपालिकामा तामाङ समुदायको बाहुल्यता रहेकाले तामाङहरुको मुख्य चाड सोनाम ल्होछार रहेको बताउँदै ३ दिन सार्वजनिक विदा दिएको बताए ।
सोनाम ल्होछारको प्रवद्र्धन र विकास गर्नु सरकारको दायित्व भएकाले ल्होछारमा ३ दिन विदा दिएको बताउँदै अध्यक्ष कुँवरले सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजनिक विदा दिँदै आएको बताए ।
नेपाल तामाङ घेदुङ भुम्लुको अध्यक्ष क्रान्ति लामा, सचिव कृष्ण तामाङले सोनाम ल्होसारका अवसरमा ३ दिन सार्वजनिक विदा दिएकोमा भुम्लु गाउँपालिका अध्यक्ष गुमान ध्वज कुवरलाई सबै भुम्लु तामाङ समुदायको तर्फबाट खुशी व्यक्त गर्दै विशेष धन्यवाद ज्ञापन गरेको छ ।
योसँगै ल्होछारमा ३ दिन विदा दिने स्थानीय तहहरुको संख्या ६ पुगेको छ । यस अघि चौंरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका, महाभारत गाउँपालिकाले ३ दिन सार्वजनिक विदा दिइसकेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















