२८ माघ २०७७
काठमाडौं । सरकारले फेरि आज पेट्रोलियम पदार्थको मुख्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।
निगमले बुधबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलमा २।२ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको ९५ रुपैयाँ पुगेको छ । ग्यासमा भने प्रतिसिलिण्डर २५ रूपैयाँले मूल्यवृद्धि गरिएको निगमले जानकारी दिएको छ ।
योसँगै काठमाडौं उपत्यकामा यसअघि प्रतिसिलिण्डर १३७५ रूपैयाँ पर्ने गरेकोमा अब १४०० पर्ने निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
विज्ञप्तिः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।