३० माघ २०७७
धुलिखेल । नेपालको आदिवासी जनजाति माध्यक्षको तामाङ समुदाय एउटा हो । तामाङ समुदायले आफ्नो नयाँ वर्षलाई साँस्कृतिक पर्वको रुपमा मनाउने गर्दछन् ।
आज शुक्रबार तामाङ समुदायको नयाँ वर्ष अर्थात २८५७ लाङ (म्हे) ल्हो सोनाम ल्होछार हो । यो नयाँ वर्ष अर्थात साँस्कृतिक चाड तामाङ समुदायले घर–घरमा मनाइँदैछ । हरेक वर्षाको माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । यो दिन तामाङ समुदायले एक आपसमा शुभकामना आदनप्रदान गर्दै मनाउने गरेका छन् । त्यति मात्र होइन, विभिन्न साँस्कृतिक कार्यक्रमहरुको आयोजना गर्ने, छोरीचेली, इष्टमित्रहरुलाई घरमा बोलाएर सुख, दुःख सटासट गर्ने, घरमा पुजापाठ गर्ने, दज्र्यु र लुङतार राख्ने जस्ता कामहरु गरिन्छ ।
मञ्जुश्री पात्रोअनुसार शुक्रबारदेखि २८५७ वर्ष शुरु हुन्छ । आजदेखि मुसा (नाम्यु) ल्हो पूरा गरी म्हे (गोरु) वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन अर्थात मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वटा ल्हो पर्दछ । हरेक वर्ष ल्हो फेर्ने गर्दछ ।
यो पर्वको लागि यो वर्ष नेपाल सरकारले सार्वजनिक विदा समेत दिएको छ । यस अघि वागमती प्रदेशले मात्र सार्वजनिक विदा दिंदै आएको थियो । यसैबीच वागमती प्रदेशका तामाङ समुदायको बाहुत्यता भएको स्थानीय तहहरुले ३ दिनको सार्वजनिक विदा दिंदै आएको छ । काभ्रे जिल्लामा ८ स्थानीय तहले ३ दिन सार्वजनिक विदा दिएको छ ।
राष्ट्रिय पर्व २८५७ म्हेल्हो सोनाम ल्होछारको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र दिर्घायूको हार्दिक शुमकामना व्यक्त गर्दछौं ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।