३ फागुन २०७७
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र अभिमुखिकरण÷तालिम कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम रोशी गाउँपालिकाको कार्यालय कटुन्जेवेशीमा सम्पन्न भएको हो ।
कार्यक्रमममा काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले राष्ट्रिय परिचय पत्र तयार पारी विद्युतिय प्रणाली मार्फत सबै नागरिकको डिजिटल अभिलेख तयार गरी राज्यबाट उपलब्ध हुने सेवा सुविधा प्रदान गर्ने उदेश्य रहेको बताए । ‘प्रत्येक पालिकाको नागरिकहरुको वैयक्तिक तथा जैविक विवरणहरु एकिकृत गरी दश अंकको राष्ट्रिय परिचय नम्बर तयार पार्ने जसमा व्यक्तिको फिङ्गर प्रिन्ट र आखाँको पनि प्रिन्ट हुनेछ ।’
कार्यक्रमको प्रमुख अतिथि तथा रोशी गाउँपालिकाको अध्यक्ष डि.वि. लामाले मानव विकासको सूचनामा नयाँ नयाँ कुराहरु परिमार्जन गर्दै आजको क्षण सम्म आईपुगेको र यस कार्यक्रमको निम्ति सिंगो पालिका र प्रत्येक वडाले वास्तविक तथ्यांक संकलनको निम्ति व्यवस्थापनको कार्यमा प्रत्येक जनप्रतिनिधी र कर्मचारीहरु नचुक्ने बताए ।
अभिमुखिकरणको सहजीकरण गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सूचना प्रविधि निर्देशक सुवास ढकालले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको उदेश्य, परिचयपत्र प्रणालीको विशेषता, फाईदा, संविधान अनुसार नीतिगत र कानुनी व्यवस्था, प्रयोग, मान्यता र प्रणालीमा उपलब्ध हुने सेवाहरुको विषयमा जानकारी दिए ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरिक्षक भूपेन्द्र बहादुर खत्री, सशस्त्र प्रहरी बल काभे्रका सशस्त्र प्रहरी उपरिक्षक महेश के.सी., राष्ट्रिय अनुसन्धान विभाग काभे्रका प्रमुख अनुसन्धान अधिकृत अरुण कार्की, रोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहाल, रोशी गा. पा. का वडा अध्यक्षहरु तथा वडा सचिवहरु र सूचना अधिकारीहरुको उपस्थिति रहेका थिए ।
Comments