३ फागुन २०७७
चौंरीदेउराली । तामाङ समुदायको साँस्कृतिक पर्व २८५७ म्हे ल्हो सोनाम ल्होछारको अवसरमा काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नं. ७, मादनमा ल्होछार साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । फागुन १ गते भएको उक्त कार्यक्रमको आयोजना चौंरीदेउराली गाउँपालिकाले गरेको हो ।
कार्यक्रम पूर्व युवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको थियो । सबै वडाका स्थानीय जनताको बाग्लो सहभागीता रहेको उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा वागमती प्रदेश सभा सदस्य रत्न ढकाल, संविधान सभा सदस्य रेणुका चौंलागाईं, गाउँपालिका अध्यक्ष दिननाथ गौतम (प्रयास), उपाध्यक्ष ताराकुमारी चौंलागाईं, लामा धर्मगुरु धावा साङबो रेम्पोर्छे रहेका थिए । अतिथिहरुमा वडा अध्यक्षहरु, स्थानीय राजनीतिकज्ञहरु, संघ–संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेका थिए ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

कार्यक्रममा विभिन्न वडाबाट लामा नाच, तम्बा नाच, बोन्बो नाच, खैंचडी नाच लगायतका झाँकीहरु प्रस्तुत गरिएको थियो । वडा नं. ७ का वडा अध्यक्ष बीरबल लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन ८ नं. वडा अध्यक्ष धन लामाले गरेका थिए भने स्वागत स्थानीय बुद्धिजीवि गजबीर लामाले स्वागत गरेका थिए ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।