३ फागुन २०७७
धुलिखेल । वागमती पदेश सभा सदस्य सांसद लक्ष्मण लम्सालले पूर्व मनत्री गोकुल बाँस्कोटालाई प्रश्नै प्रश्न गरेका छन् । बाँस्कोटाले सामाजिक सञ्जालमा बजेटको बारेमा चर्चा गरेपछि सांसद लम्सालले सामाजिक सञ्जाल फेसबुक मार्फत उनलाई प्रश्नै प्रश्न गरेका हुन् ।
लम्सालले जनतालाई भ्रम पर्ने गरि सामाजिक सञ्जालमा लेखेर बाँसकोटालेल लाज छोप्ने प्रयत्न गरिरहेको आरोप लगाएका छन् । लेख्नै पर्ने भो भन्ने शिर्षकमा काभ्रेली जनताकालाई सम्बोधन गर्दै लम्सालले बाँस्कोटा प्रति धेरै वटा टिकाटिप्पणी गरेका छन् । उनले पदसँग के–के साटियो भनेर बाँस्कोटालाई प्रश्न गरेका छन् ।
‘आज भोलि भ्रममा पार्ने गरि सामाजिक संजालमा लेखेर लाज छोप्ने प्रयत्न भैईरहेको छ । लोकले कसरी बुझेको छ ? पदमा रहँदा के गरियो ? सहकर्मीलाई कस्तो ब्यबहार गरियो ? कार्यकर्ता र जनताको कति कुरा सुनियो ? गौंडै पिछे कति कुरा फेरिए ? पदसँग के के साटियो ? के गर्ने भनेर गएको के भएर फर्कियो ?’ सांसद लम्सालले प्रश्न गरेका छन्, ‘दुनियाँ बेखबर छ र ? के आजको जनताको चेतनालाई केही करोड बजेटको प्रचारको मलमले काम लाग्ला ? बजेट कहिले र कुन प्रक्रियाबाट आउँछ के अरु कसैले बुझ्दैन र ?’
बजेट जनताको करबाट जम्मा भएको रकमबाट तीन तहले बजेट बनाउँदा फरक समयम र फरक बिधिबाट कहाँ कस्ले कसरी सहभागी हुने र कस्को के भुमिका हुने संविधानमा प्रष्ट लेखेको समेत लम्सालले लेखेका छन् ।
‘काभ्रेमा जुनै तह मार्फत बजेट आएपनी म मात्रै हुँ बाँकी सबै रैती हुन तिनले के गर्छ्न र गर्न सक्छन् भन्ने सोच र कार्यशैली काभ्रे जिल्ला बिकासको बाधक प्रबृत्ति हो ।’ उनले प्रश्न गरेका छन्, ‘मैले मात्रै गरे भनेर आजको जनताको चेतनाले बिस्वास गर्ला र ? पालिकामा बजेट बनाउने प्रतिनिधिको कुनै पहल लिने हैसियत छैन र ? प्रदेश सरकारसँग कुरा गर्न सक्ने हैसियत प्रदेश प्रतिनिधिले राख्दैनन् र ? सिहदरबार पसेर जनताका काम गर्ने बाटो बाँकिले देखेका छैनन कि ? के बिकास निर्माणको काम सिमित प्रबृत्तिले मात्रै बुझेको छ ?’
सामाजिक सञ्जालमा लेख्दा जित्ला जस्तो लागे पनि जनताको मन भने जित्न नसक्ने उनको दावी छ । ‘साथीहरू लामो यात्रा गर्नु छ, भ्रम लामो समय टिक्दैन तसर्थ सामाजिक संन्जालमा लेख्ने प्रतिस्पर्धामा जिते जस्तो लाग्न सक्छ तर जनताको मन जितिदैन ।’ उनले लेखेका छन् ।
आजभोली विकासको बहारको प्रचारले विकास कुनै बाँकी नै नभएको ठूलो भ्रम सिर्जना गरेको उनलेब बताएका छन् । ‘सबै दाजुभाई दिदीबहिनीलाई अबगत नै छ । के कति बिकास भयो ? कहिले देखि भयो ?’ उनले लेखेका छन्, ‘आज भोलि त बिकासको बहारको प्रचार सुन्दा लाग्छ अब बिकास कुनै बाँकी छैन । निकै ठुलो र मै हु भन्ने बादशाहरु पनि क्षण भरमा समाप्त भएको इतिहास हामीले पढकेका छौ र देखेका छौ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















