५ फागुन २०७७
धुलिखेल । काभ्रे जिल्लाको खानीखोला गाउँपालिका वडा नं. ४ पथरचोकमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । आज साँझ आन्दाजी ५ः३० बजे चट्याङ लागेपछि उनको घट्नास्थलमै मृत्यु भएको हो ।
स्थानीय जीवन घिसिङका अनुसार मृत्यु हुनेमा स्थानीय ४५ वर्षिय पञ्चमान जिम्बा रहेका छन् । बारीको काम सकाएर घर फर्केका जिम्बा घरभित्र पस्नै लाग्दा ढाकैमा चट्याङ लागेको घिसिङले बताए । चट्याङ लागेपछि जिम्बाको घट्नास्थलमै मृत्यु भएको उनले जानकारी दिए ।
‘घरभित्र पस्नै लाग्दा उहाँलाई चट्याङ लागेको रहेछ ।’ स्थानीय घिसिङले भने, ‘उहाँको घट्नास्थलमै मृत्यु भयो ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















