६ फागुन २०७७
बनेपा । स्वास्थ्यको क्षेत्रमा निरन्तर सक्रिय बनेपा हेल्थ केयर प्रालिले काभ्रेका विद्यालयहरुलाई निःशुल्क स्वास्थ्य सामग्री वितरण गरेको छ ।
बनेपा हेल्थ केयरले बिहीबार बेलर किड्स क्यासल बनेपा, काभ्रे अंग्रेजी आवासीय मावि पनौतीलाई निःशुल्क स्वास्थ्य सामाग्री वितरण गरेको हो । हेल्थ केयरले सामजिक उत्तर दायित्व बहन गर्दै समाजलाई पनि निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले मास्क, स्यानीटाइजर, फेस सिल्ड, पन्जा, फस्र्ट एड बक्सहरु विद्यालयहरुलाई वितरण गरेको बनेपा हेल्थ केयरका प्रबन्ध निर्देशक जितेन्द्र थापाले जानकारी दिए ।
बनेपा हेल्थ केयरले यस अघि बनेपाको बुडोलमा रहेको काभ्रे बहुमुखी क्याम्पस र बनेपाको बिद्या सागर स्कुल, सिद्धार्थ स्कुल र ज्ञानकुन्ज स्कुलमा स्वास्थ्य सामाग्री वितरण गरेको हेल्थ केयरका सिईओ शिव पौडेलले जानकारी दिए । आगामी दिनमा पनि अन्य शैक्षिक संस्थाहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने बनेपा हेल्थ केयरले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।