७ फागुन २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र लोकतन्त्र सैद्धान्तिक अवधारण मात्र नभएर हाम्रो सोचाई, पद्दति, जीवनव्यवहार र आउने पुस्तालाई हस्तान्तरण गर्ने संस्कार भएको बताएका छन् । प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुमकामना दिंदै सभामुख सापकोटाले उक्त कुरा बताएका हुन् ।
‘लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण एउटा लामो र निरन्तर प्रकृया हो । यो जिम्मेवारी लोकतन्त्रप्रतिको गहिरो विश्वास र त्यसअनुरुप व्यवहारबाट मात्र पूरा गर्न संभव छ ।’ शुभकामना वक्तव्यमा सापकाटोले भनिएको छ, ‘लोकतन्त्र सैद्धान्तिक अवधारण मात्र होइन यो हाम्रो सोचाई, पद्दति, जीवनव्यवहार र आउने पुस्तालाई हस्तान्तरण गर्ने संस्कार पनि हो ।’
उनले लोकतन्त्र र संविधान माथि देखिएको चुनौतीको सामना गर्न सबैपक्षलाई अनुरोध समेत गरेका छन् । ‘सात दशकदेखिको नेपाली जनताको त्याग, विभिन्न कालखण्डमा भएका संघर्षहरु र बलिदानको प्रतिफलका रुपमा प्राप्त लोकतन्त्रको जीवन्त र जनमुखी अभ्यास गर्नुपर्ने अवस्थामा यसको पालना, संरक्षण र संबद्र्धन गर्ने दायित्व वहनको विषय लोकतन्त्रका लागि मुख्य चुनौतीका रुपमा खडा भएको छ ।’ उनले भनेकाछन्, ‘लोकतन्त्रको सुव्यवस्थित र संस्थागत अभ्यासका बारेमा गम्भीर समिक्षा गर्नु पर्ने अवस्था सृजना भएको छ । लोकतन्त्र र संविधानमाथि देखिएका चुनौतीहरुको सामना गर्दै यसको उन्नत अभ्यासका लागि सबै राजनैतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र जागरुक हुनुपर्ने अवस्था आएको छ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















