८ फागुन २०७७
भकुण्डे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ७, भकुण्डेमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व २८५७ म्हे ल्हो सोनाम ल्होछारको अवसरमा सो कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य सांसद गंगाबहादुर तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद हठत् रुपमा विघटन गरेको बताएका छन् । संविधान माथि नै प्रहार गरेर चालेको यो कदमका कारण संसद विरामी अवस्थामा रहेको बताए । ‘प्रधानमन्त्रीले हठत् रुपमा संसद विघटन गरेको छ । विधि, प्रक्रिया र प्रणालीमा चलेको संसद विघटन गर्नु असंवैधानिक कार्य हो ।’ सांसद बमध्वजले भने, ‘अब संसद विरामी अवस्थामा छ, सर्जरी भइसकेको छ, जीवित हुन्छ कि मृत्यु हुन्छ ? नेपाली जनताले राम्रोसँग हेरिहेको छ ।’

कार्यक्रममा प्रदेश सभा सदस्यद्वय चन्द्र लामा, रत्न ढकाल, नमोबुद्ध नगरपालिकाकी उप–प्रमुख रामदेवी तामाङ, वडा नं. ५ का वडा अध्यक्ष बुद्धसिं लामा लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई रौनकता दिन विभिन्न कलाकाहरुको सहभागीता रहेका थिए । कार्यक्रममा चर्चित गायक तथा संगीतकार विश्व दोङ, चर्चित गायिका जितु लोप्चन, चर्चित गायक विशाल थिङ लगायतका कलाकाहरुको प्रस्तुति रहेको थियो ।

कार्यक्रम वडा अध्यक्ष धर्मसिं लामाको अध्यक्षतामा सम्पन्न एको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।