९ फागुन २०७७
धुलिखेल । काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं. ६ बाट अबैध सालको काठ ओसार पसार गर्ने एकजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय देविटारबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले चेकजाँच गर्ने क्रममा बनखुको बाँसपुर भन्ने स्थानबाट उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएपी कुमार विक्रम थापाका अनुसार पक्राउ पर्नेमा सवारी चालक महाभारत गाउँपालिका वडा नं. ८ बस्ने वर्ष ३२ को दिपेश कुँवर रहेका छन् । अबैध काठ लिएर धुलिखेल तर्फ आईरहेको बा ४ ख ४२०६ नम्बरको ट्रक सहित कुँवरलाई पक्राउ गरेको थापाले जानकारी दिए ।
पक्राउ पछि काठ सहितको गाडी र चालकलाई थप अनुसन्धान एवं कारवाहीको लागि डिभिजन वन कार्यालय धुलिखेलमा पठाइएको प्रहरीले जनाएको छ ।
अबैध सालको चिरान काठ ८४ थान (६६।९३ क्यूफिट) रहेको डिएपी थापाले जानकारी दिएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















