१२ फागुन २०७७
बनेपा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का काभ्रे जिल्ला संघर्ष समितिका संयोजक तथा प्रदेश सभा सदस्य सांसद बसुन्धारा हुमागाईंले केपी ओलीको हार भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद विघटनको कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि काभ्रेको बनेपामा भएको दीप प्रज्ज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद हुमागाईंले उक्त कुरा बताएका हुन् ।

हुमागाईंले जनताले जितको, प्रतिगमनले हारेको बताउँदै बाटो विराएर गएकाहरुलाई मूल पार्टीमा फर्कन समेत आव्हान गरे ।

‘आज नेपाली जनताले जितेको छ, प्रतिगमनले हारेको छ । केपी शर्मा ओलीले हारेको छ ।’ उनले भने, ‘सत्य र न्यायको पक्षमा जनताको आवाज बोकेर हामी आन्दोलनमा थियौं । आज हाम्रो आन्दोलन सफल भएको छ । संसद पुनस्र्थापनाको फैसला गरेकोमा सर्वोच्च अदालतलाई धन्यवाद ।’ उनले काभ्रेली जनतालाई समेत धन्यवाद दिएका छन् ।

त्यसैगरि नेकपा जिल्ला कमिटी अध्यक्ष रुकु चौंलागाईंले नयाँ तानाशा ढलेको बताउँदै न्यायप्रेमी जनतालाई बधाई समेत दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।