१३ फागुन २०७७
धुलिखेल । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ मंगलटार बजारबाट लागु औषध सहित १ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, मंगलटारले बुधवार बि.पी. राजमार्ग सडक खण्डको मङगलटार बजारमा सवारी चेक जाँच गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी कुमार विक्रम थापाले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा सप्तरी जिल सुरुङ्गा न.पा वडा नं. १० बस्ने वर्ष २२ को धमेन्द्र कुमार राम रहेको डिएसपी थापाले बताए ।
झापाबाट काठ्माण्डौ तर्फ जाँदै आउँदै गरेको बा.४.ख २२६७ नं. को हायस गाडीमा यात्रा गर्ने रामले बोकेको झोलाबाट नियन्त्रित लागू औषध एम्पुल फेला पारेको प्रहरीले जनाएको छ ।
उनको साथबाट डाइजेपम २ सय ५० एम्पुल, बुप्रेनोरफीन २ सय ४० एम्पुल, फेनेरगम २ सय ५५ एम्पुल रहेको छ ।
उनलाई कानुन बमोजिम पक्राउ गरी लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गर्न काभ्रे जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य भई रहेको जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















