काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई चरण–चरणमा भेटेका छन् । भेटमा सांसदहरुले नैतिकताको आधारमा राजीनामा दिने कि नदिने भन्ने प्रश्न गरेको थिए । जवाफमा आफूले राजीनामा दिएर सहज निकास नदिने बताएका छन् ।
‘जिम्मेवारीबाट पन्छिने कुरै आउँदैन, आइपर्ने सबै परिस्थितिको सामना गर्दै अघि बढौं ।’ ओलीले जवाफमा भने ।
भेटमा आफू कर्तव्यबाट विचलित नभई दायित्व पूरा गर्ने बताउँदै आफू राष्ट्रियता, विकास र समृद्धिको पक्षमा लागिरहने बताएका छन् ।
‘सरकार प्रमुख भएकाले आफ्नो कर्तव्यबाट विचलित हुन्न । दायित्व निर्वाह गर्छु ।’ बालुवाटार भेलामा सहभागी सांसद महेश बस्नेतले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘जुन ढङ्गले अहिले गठबन्धन बनाएर मेराविरुद्ध रोइलो गर्दै हिँडेका छन् । म राष्ट्रियता, विकास र समृद्धिको पक्षमा लागिरहनेछु ।” प्रधानमन्त्रीले अहिले पद छाडेर हिँड्ने सुविधा नरहेको पनि प्रष्ट पारेको उनको भनाइ छ ।
प्रधानमन्त्रीले आजै याक एण्ड यती होटलमा गण्डकी प्रदेशका सांसदहरूसँग भेटघाट गरेका थिए । बालुवाटारमा प्रदेश नम्बर एक र अन्य प्रदेशका पनि सांसदसँग छलफल गरेको बस्नेतले बताए ।
शनिबार बिहान ९ बजे बालुवाटारमै वामगती प्रदेशका सांसदहरूसँग छलफल तय भएको उनको भनाइ थियो ।
सांसदहरुले ओलीलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएको बताइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।