धुलिखेल । वागमती प्रदेश सभाका उप–सभामुख राधिका तामाङले समाचारको हेडलाइनलाई मात्र हेरेर धारणा बनाउन नमिल्ने बताएका छन् । वागमती प्रदेश सञ्चार रजिस्ट्रार कार्यालयको आयोजनामा भएको मल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिम कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उप–सभामुख तामाङले उक्त कुरा बताएका हुन् ।
समाचारको हेडलाइनलाई हेरेर आफ्नो धारणा बनाउनेमा राज्यका ठुला–ठुला निकायका व्यक्तिहरू समेत रहेको तामाङले खुलासा गरे ।
‘राज्यको तर्फबाट यस्तो खालको कार्यक्रमहरू गर्न नसक्दा राज्य नै पीडित भएको अनुभूति भएको छ ।’ उनले भने, ‘हेडलाइन मात्र बनाएर हाम्रो दृष्टिकोण बनाउने गरेको पाइएको छ । राज्यको ठुला–ठुला निकायका मान्छेहरूले समेत यसरी दृष्टिकोण बनाएको पाइएको छ । त्यो पत्रकारको दोष होइन ।’
कार्यक्रममा उप–सभामुख तामाङले सिक्ने र सिकाउने कार्यक्रमलाई परिष्कृत गर्न कार्यक्रम आयोजना गरिएको अनुभूति भएको बताए । ‘हामी कसरी अघि बढिरहेका थियौँ, कहाँ कहाँ त्रुटि रहेछ भन्ने कुरा थाहा पाउनुभयो । प्रविधिमैत्री कसरी हुनुपर्ने रहेछ भन्ने कुरा पनि थाहा भयो ।’ तामाङले भने, ‘समाचार लोकल लेबलको नहुँदो रहेछ, एउटा समाचारले विश्वव्यापी चर्चा पाउँदो रहेछ ।
त्यसै गरी वागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवती प्रसाद सापकोटाले एउटा पत्रकार ग्लोबल भएको बताए । पत्रकार कसरी ग्लोबल भयो भन्ने कुरा । दुनियाँ सानो भ्याएको छ । यो तालिमको सन्देश सातै प्रदेशमा गएको उनले बताए । ‘यो तालिमको सन्देश अब सातै प्रदेशमा पुग्ने छ । यो सिकाई सबैमा बाँड्न सकिने छ । उनले भने, ‘यो तालिम दत्तचित्त भएर प्रशिक्षण लिएको मैले महसुस गरेको छु ।’
समापन कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थी निशा ओलीले तालिमबाट अस्तिसम्म नजानेका प्रविधिका ज्ञानहरू प्रष्टरुपमा सिक्न पाएको बताए । प्रशिक्षार्थी बलराम पुडासैनीले अत्यन्तै महत्त्वपूर्ण कुराहरू बुझ्ने अवसर पाएको अनुभव बताउँदै न्यु मिडिया र अनलाइन पत्रकारिताको बारेमा रहेको दुबिधाको अन्त्य भएको बताए ।
ज्ञानको कुरा जति सिके पनि नसकिने रहेछ, तालिमबाट थप ज्ञान, सिप सिकेर दक्षता भएको प्रशिक्षार्थी राजन खुसी र पुरुषोत्तम बस्नेतले अनुभव सुनाए ।
सहभागीहरूलाई वागमती प्रदेश सभाका उप–सभामुख तामाङले प्रमाणपत्र वितरण गरेका थिए । तालिममा वागमती प्रदेशका विभिन्न जिल्लाका १९ जना सहभागी रहेका थिए ।

Comments

comments