काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बहुमत पक्षले केन्द्रीय समितिका ७ जना नेताहरुलाई कार्वाही गरेको छ । आज बसेको केन्द्रिय कमिटीको बैठकले उनीहरुलाई कार्वाही गरेको हो ।
बैठकले स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई स्थायी कमिटीबाट निष्कासन गर्नुका साथै संसदीय दलको उपनेताबाट राजीनामा दिन पनि निर्देशन दिएको छ । यस्तै, देव गुरुङलाई हटाएर प्रधानमन्त्री ओलीले प्रमुख सचेतकमा ल्याएका विशाल भट्टराईलाई पनि बैठकले कारबाही गरेको छ ।
बैठकले सचेतक शान्ता चौधरीलाई समेत कारबाही गरेको छ । यस्तै, सहरी विकासमन्त्री प्रभु साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, पूर्व उद्योग मन्त्रीद्वय महेश बस्नेत र कर्णबहादुर थापालाई केन्द्रीय सदस्यबाट हटाएको छ ।
उनीहरुले पार्टीहित विपरित गतिविधि गरेको बैठकको निष्कर्ष छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















